Loading...
मनोरंजन

१२ वर्षीया बालिकाद्वारा टिकटक विरुद्ध मुद्धा हाल्ने तयारी

tik tok nepal

काठमाडौं । इंल्याण्डकी १२ वर्षीया बालिकाले टिकटक विरुद्ध मुद्धा दायर गर्ने तयारी गरेकी छन् । बालबालिकाको डेटा अवैध रुपमा प्रयोग गरेको भन्दै टिकटक विरुद्ध उनले मुद्दा दायर गर्ने तयारी गरेको बताइएको छ ।

यदि यो मुद्दा दायर भएर अघि बढेको खण्डमा ती बालिकाको जानकारी पूर्ण रुपमा गोप्य राख्न अदालतले निर्देशन दिएको छ । त्यसैले उनका बारेमा कुनै जानकारी भने बाहिर ल्याइएको छैन । इंग्ल्याडका लागि बालबालिका सम्बन्धी काम गर्ने आयोगकी आयुक्त आनी लङफिल्डको सहयोगमा उक्त बालिकाले अदालतमा मुद्दा दर्ता गराउने भएकी हुन् ।

टिकटकले युके र युरोपियन युनियनको डेटा प्रोटेक्सन सम्बन्धी कानुन तोडेको भन्दै उनले टिकटक विरुद्द मुद्धा दर्ता गर्ने भएकी छन् । तर, टिकटकले भने बालबालिकाको हकमा आफ्नो नीति कडा रहेको दाबी गर्ने गर्छ । उसले १३ वर्षभन्दा मुनिका बालबालिकालाई टिकटकमा जोडिन नै नदिने बताएको छ ।

लङफिल्डले भने १६ वर्षभन्दा मुनिका बालबालिकाको सुरक्षाको लागि यो मुद्दाको तयारी भएको उल्लेख गरेकी छन् ।टिकटकले आफ्नो भिडियो रिकमेण्डेशनलाई बलियो बनाउन बालबालिकाको डेटा संकलन गरिरहेको छ,’ उनले भनिन्, ‘जसमार्फत भिजिटर आकर्षित हुने र त्यसबाट कम्पनीले आम्दानी गरिरहेको छ ।’

आयुक्तले लण्डनको अदालतलाई भिडियो लिंक पठाएर तत्कालै टिकटकलाई बालबालिका सँग सम्बन्धित डेटा पूर्ण रुपमा डिलिट गर्ने निर्देशन आउने आशा उनले गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *