७ वटा अध्यादेश ल्याउने सरकारको निर्णय घोर भर्त्सनाः नेपाल विद्यार्थी संघ

काठमाडाै, नेपाल विद्यार्थी संघले प्रतिनिधिसभाको अधिवेशन आउन ६ दिन बाँकी हुदाँ विवादित संवैधानिक परिषद सहित सरकारले मंगलबार जारी गरेका सातवटा अध्यादेशलाई लिएर आपत्ति प्रकट गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले एकसाथ सात अध्यादेश जारी गरेपछि ने.बि.संघले संसद छलेर अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएको हो । संघका महामन्त्री बलदेव तिमल्सिनाले एक बिज्ञप्ती जारी गर्दै जनता कोरोनाको महामारीले मरिरएको बर्तमान

कहालिलाग्दो अबस्थामा कतै नभेटिएको र महशुस गर्न नपाएको बेलामा एकाएक अध्यादेश जारी गर्ने सरकारको कदमको कडा आलोचना गरेका छन ।

महामन्त्री तिमल्सिनाले ‘संवैधानिक परिषद् सम्बन्धी सहित ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको घोर भर्त्सना गर्दै सरकारले चोर बाटोबाट अध्यादेश ल्याएर सर्वसत्तावादी चरित्र उदांगो बनाएको दाबी गरेका छन् ।

संसदीय मूल्य-मान्यता विपरीतको कदमलाई कहिल्यै स्वीकार गर्न नसकिने भन्दै अध्यादेश जारी गरेर राष्ट्रपतिले आफ्नो पदीय गरिमाको धज्जी उडाएको बताए ।

अध्यादेश तत्काल फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गर्न महामन्त्री तिमल्सिनाले माग गरेका छन् ।

niyam

Leave a Reply

Your email address will not be published. Required fields are marked *