नयाँ बसपार्कमा घर फर्कनेको भीड (फोटोफिचर) हेर्नुहोस

काठमाडौं, उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा लागू हुने भएपछि विभिन्न जिल्लाबाट काठमाडौं आएकाहरू घर फर्कन थालेका छन्  ।

सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ वैशाखदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरिइएको छ  ।

busprk2

काठमाण्डाै उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कम्तीमा दुई दिनको समय दिएर एक हप्ताका लागि काठमाण्डाै उपत्यकामा निषेधाज्ञा लगाउन सरकारलाई सिफारिस गरेको छन् ।

busprk3

कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा पनि सङ्क्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्णरूपमा बन्द गराउन निषेधाज्ञा लगाउने निर्णय भएको सीडीओ पराजुलीले मेगा खबरलाई जानकारि दिए ।

को#रोनाको संक्रमण तीव्र रूपमा फैलिएको र त्यसको ‘चेन ब्रेक’का लागि भन्दै उपत्यकामा निषेधाज्ञा लगाइएको छ ।

busprk4

निषेधाज्ञा लागेपछि पेशा व्यवसाय बन्द हुने भएकाले मानिसहरू घर फर्कन थालेका हुन् । नयाँ बसपार्कमा अहिले घर फर्कनेहरूको भीड लागेको छ  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *