हेर्नुहोस हाम्रै भान्सा मा भयेको लसुन को अचुक गुण अनि येति धेरै फाइदाहरु !! लसुनको सेवनबाट कम गर्न सकिन्छ शरीरको तौल ?

काठमाडौं – लसुन नेपालीहरुको भान्सामा सजिलै पाईन्छ। लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ। भि#टामिन सी, बी-६, फा#इबर, म्या#गनीज, क्या#ल्सियम आदि तत्व लसुनको सेवनबाट प्राप्त गर्न सकिन्छ। त्यसैले लसुनलाई पावर हाउस भनिन्छ।

लसुनको सेवनले इ#न्फ्लेमेशन कम गर्नुका साथै रोगसँग लड्ने क्षमता बढाउँछ। लसुन मुटुको स्वास्थ्यलाई ठिक राख्न पनि लाभदायक मानिन्छ। अस्वस्थकर जीवनशैलीका कारण मानिसहरुमा अहिले मोटोपनको समस्या बढ्दै गएको छ। मोटोपन घटाउनका लागि मानिसहरुले अनेक उपायहरु अपनाउँछन्।

लसुनको प्रयोगबाट तौल कम गर्न मद्दत पुग्ने एक अध्ययनले देखाएको छ। लसुनमा पाइने केही तत्वहरुले शरीरमा भएको बो#सोलाई पगाल्न मद्दत गर्दछ। लसुनमा एक ए#लियम नामक मुख्य तत्व हुन्छ, जुन शरीरका लागि लाभदायक मानिन्छ। यो लसुन सेवन गरेको करिब १० मिनेटपछि सक्रिय हुन्छ।

यदी तपाई शरीरको तौल कम गर्न चाहनु हुन्छ भने लसुनलाई काचो नै खानुपर्छ। एलि#यम नामको तत्वले लसुनको सुगन्ध पनि बढाउँछ। लसुनको सुगन्ध जति तेज हुन्छ, त्यति नै यो फाइदाजनक पनि मानिन्छ। लसुनमा ए#लिनेज नामको एक एं#जाइम पनि हुन्छ, जसले शरीरमा रहेको बोर्सा पगाल्न मद्दत गर्दछ।

लसुनलाई विभिन्न उपायबाट तौल कम गर्ने उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ। यसका उपायहरु यहाँ उल्लेख गरिएको छः

महसँग लसुन
शरीरको डिक्ट#सीफाईका लागि लसुन र मह निकै राम्रो मानिन्छ। किनभने लसुन र महले शरीरमा रहेको फोहोरलाई सफाई गर्न मद्दत गर्दछ।

यसको सेवनले पेट लामोसम्म भरिएको पनि महसुस हुन्छ। यी दुईको मिश्रणले भोक कम लाग्नुका साथै पाचन प्रणाली पनि राम्रो हुन्छ। तौल कम गर्न पनि पाचन प्रणाली स्वस्थ हुन निकै आवश्यक छ।

तौल कम गर्न पाकेको भन्दा पनि काचो लसुन लाभदायक मानिन्छ। त्यसैले बिहान खाली पेट काचो लसुन खाए शरीरमा भएको बोसो राम्रोसँग मेटाबोलाइज गर्ने गर्छ।

कागतीसँग लसुन
थोरै तातो पनि लिनुहोस्। त्यसमा एक चम्चा कागतीको रस र १÷२ पोटी लसुन थिचेर राख्ने र यसलाई मिसाएर पिउने। यो ड्रिंकले तौल कम मात्र नभई फ्री रेडि#कल्सले हुने विभिन्न ड्यामेजबाट पनि बचाउँछ।

खाली पेट लसुन
बिहान खाली पेट लसुन या लसुन पानी खायौँ भने यसको अधिक लाभ मिल्छ। किनभने पकाएको भन्दा काचो लसुन बढी फाइदाजनक मानिन्छ। बिहान २÷३ पोटी लसुन पानीसँग खान सकिन्छ।

घरेलु उपायबाट शरीरको तौल कम गर्न चाहनेका लागि लसुनको प्रयोग सबैभन्दा उत्तम मानिन्छ। तर यो मात्र भनेर हुँदैन। यो सँगै स्वस्थ खानेकुरा र नियमित कसरतको पनि निकै जरुरी हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *