तिते करेला खानुको फाइदा हेर्नुहोस तिते करेला खाँदा यी रोगका लागि उपयोगी !

काठमाडौं- करेला तितो हुन्छ। तर औषधीय गुणले भरिपूर्ण हुन्छ। करेला पेटको लागि मात्र नभई छाला र चिनी रो#गका लागि पनि फाइदाजनक मानिन्छ।

करेलामा फो#स्फोरस पर्याप्त मात्रा पाइन्छ। जसले कफ, क#ब्जियत र पा#चन प्रणाली सम्बन्धी समस्याबाट बचाउँछ। यदि तपाईंलाई भोक लाग्दैन भने करेलाको सेवन गर्नुहोस्। यसले भोक नलाग्ने समस्याबाट पनि छुटकारा दिन्छ।

करेलाबाट प्रचुर मात्रामा भि#टामिन ए, बी र सी प्राप्त गर्न सकिन्छ। यसका साथै क्या#राटिन, बिटा#क्याराटिन, लु#टिन, आइ#रन, जिं#क, पो#टासियम, म्याग्ने#सियम र म्या#गनिज जस्ता फ्ला#वोन्वाइड पनि पाइन्छ। जुन स्वस्थ्य शरीरका लागि निकै आवश्यक छ।

करेलाले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। करेलाको सेवन मधु#मेहका बिरामीका लागि फाइदाजनक मानिन्छ। करेला सेवनबाट हुने विभिन्न फाइदालाई यहाँ प्रस्तुत गरिएको छः

करेलाको रसले प#त्थरीको समस्या हटाउँछ
करेलाको रस सेवनले प#त्थरीको समस्याबाट छुट्कारा पाउन मद्दत मिल्छ। ताजा करेलाको रस सेवन गर्नाले प#त्थरी बाहिर निस्कने गर्छ।

ग्याँसको उपचार
करेलाले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। पाचन प्रणालीलाई सही राख्न मात्र नभई करेलाको सेवन ग्याँस, अ#पच जस्ता समस्याको समाधान पनि हो।

कलेजो बलियो बनाउँछ
करेलाको जुसले कलेजोलाई बलियो बनाउँछ। यति मात्र नभई कले#जोको सबै किसिमको समस्याबाट छुटकारा दिन पनि करेलाको भूमिका महत्वपूर्ण मानिन्छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
करेलामा पाइने खनिज र भिटा#मिनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। रोगसँग लड्ने क्षमता बलियो हुँदा शरीरमा विभिन्न रोग लाग्ने जोखिम कम भएर जान्छ।

मधु#मेहका बिरामीका लागि फाइदाजनक
रगतलाई सफा गर्नका लागि करेला अमृत समान मानिन्छ। मधुमेहका बिरामीका लागि करेलाले फाइदा दिन्छ। एक चौथाई कप करेलाको रस, यही मात्रामा गाजरको रस मिसाएर पिउँदा स्वास्थ्यका लागि फाइदाजक हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *